Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • स्वास्थ्य मन्त्रालयले भन्यो – आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउनू

    स्वास्थ्य मन्त्रालयले भन्यो – आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउनू

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 798
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

    नेपालगन्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा संक्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।



    खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार