Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जेलबाट छुटाउन ओली-प्रचण्डसँग रेशम चौधरीले मागे लिखित प्रतिबद्धता

    जेलबाट छुटाउन ओली-प्रचण्डसँग रेशम चौधरीले मागे लिखित प्रतिबद्धता

    दिउँसो २ बजेसम्म ठोस निर्णय नभए गठबन्धन छाड्ने चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 513
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका छन् ।

    आज डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई रेशमले उक्त कुरा बताएका हुन् । उनले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका छन् ।



    अहिले सुदूरपश्चिम प्रदेशलगायत तीन प्रदेशमा मुख्यमन्त्री चयन हुँदै छन् । सुदूरपश्चिम र लुम्बिनीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीको उपस्थिति छ ।



    सुदूरपश्चिम सरकार गठनका लागि नागरिक उन्मुक्तिका ७ सांसद निर्णायक छन् । नागरिक उन्मुक्तिले स्पष्ट निर्णय नदिँदा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश र सभामुखको मनोनयन दर्ता अन्योल बनेको छ ।

    अहिलेसम्म नागरिक उन्मुक्ति मौन बसिरहेको छ । यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार