Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

    लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 513
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले दाबी पेस गरेका छन् ।

    बहुमत सदस्यहरुको हस्ताक्षरसहित गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।



    उनको दाबीसंगै लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ ।



    यसअघि प्रदेश प्रमुख शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका थिए ।

    सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार