Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान

    पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 501
    SHARES

    काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जलपान समारोह आयोजना गरेको छ।

    चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसहित नेता–कार्यकर्ता, नागरिक अभियन्तादेखि समर्थकहरू सहभागी भए ।



    कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरू पनि पुगेका थिए ।



    राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसर पारेर जलपान कार्यक्रम आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    संसद्मामा पाँचौँ ठूलो दलका रूपमा रहेको राप्रपाका प्रतिनिधिसभामा १४ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार