Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

    कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 990
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।



    शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् ।



    प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेकपा (एमाले) ले आलोपालो गर्ने भएका छन् । कर्णाली प्रदेशमा एमालेको अडानपछि माओवादी केन्द्रसँग आधा-आधा कार्यकाल सरकार चलाउने सहमति भएको हो ।

    आज बिहीबार दिउँसो बसेको एमाले-माओवादी दलको बैठकले आधा-आधा कार्याकाल सरकार चलाउने सहमति भएपछि माओवादी दलका नेता शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार