Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • यी हुन् दुनियाँकै महंगा जनावर, १३ अर्बको बिरालोदेखि ६४ अर्बको कुकुरसम्म

    यी हुन् दुनियाँकै महंगा जनावर, १३ अर्बको बिरालोदेखि ६४ अर्बको कुकुरसम्म

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 1K
    SHARES

    एजेन्सी । जनावरको मूल्यका सम्बन्धमा सामाजिक सञ्जालबाट गरिएको अध्ययनमा आश्चर्यजनक कुरा देखिएका छन् । केही कुकुर र बिरालोको मूल्य करोडौं पर्ने गरेको छ भने केही जनावरलाई त सेलिब्रिटीको दर्जामा राखिएको छ ।

    अल अबाउट क्याट्सको एक रिपोर्टमा यी जनावरको बारेमा बताइएको छ । अमेरिकाकी लोकप्रिय गायिका टेलर स्वीफ्टसँग स्कटिस फोल्ड नश्लको एक बिरालो छ । उक्त बिरालोको नाम ओलिभिया बेन्सन हो ।



    उक्त बिरालो दुनियाँकै तेस्रो सबैभन्दा महंगो जनावर भएको बताइन्छ । यो बिरालोको मूल्य करिब १३ अर्ब रुपैयाँ पर्छ । संसारको सबैभन्दा महंगो जनावरको दोस्रो स्थानमा पनि बिरालो नै छ । त्यो बिरालो त आफैंमा एक सोसल मिडिया सेलिब्रिटी हो ।



    उक्त बिरालोको नाम नाला क्याट हो । इन्स्टाग्राममा ४४ लाख भन्दा धेरै फलोअर रहेको यो बिरालोको मूल्य १३ अर्ब रुपैयाँ भन्दा धेरै रहेको छ । यो बिरालोको नाम गिनिज बुकमा पनि दर्ज छ ।

    महंगो जनावरको सूचीमा सबैभन्दा माथि जर्मन शेफर्ड जातको एउटा कुकुर रहेको छ । इटालियन कम्पनी गुन्थर कर्पोरेसनको स्वामित्वमा रहेको यो कुकुरको मूल्य करिब ६४ अर्ब रुपैयाँ रहेको बताइन्छ ।

    टेलर स्विफ्टले सन् २०२० मा ओलिभियाको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । उक्त फोटोमा २० लाखभन्दा धेरै लाइक्स प्राप्त भएको थियो । विश्वका सबैभन्दा महंगा जनावरको सूची यस्तो छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार