Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सन्दीप लामिछानेको धरौटी तिर्ने प्रक्रिया सुरू, साढे २ सम्म छुट्ने

    सन्दीप लामिछानेको धरौटी तिर्ने प्रक्रिया सुरू, साढे २ सम्म छुट्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 819
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया कारागारले थालेको छ ।

    पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया सुन्धारा कारागारले गरेको हो ।



    कारागारका अनुसार अदालतको बाहेक थुनामुक्त गर्दा आवश्यक पर्ने कागजात तयारी अवस्थामा राखेको छ ।



    अदालतले तोकेबमोजिमको २० लाख धरौटी तिरेको पत्र र आदेश कारागारले बुझ्नासाथ उनी थुनामुक्त हुनेछन् ।

    उच्च अदालतमा धरौटी बुझाएर अदातलबाट तारिख लिएर आएपछि उनी रिहा हुनेछन् ।

    नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई यसअघि जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

    उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश बदर गर्दै बिहीबार २० लाख धरौटीमा छोड्ने आदेश गरेको थियो । अदालतको आदेश दिएबमोजिम लामिछानेलाई साढे २ बजेसम्म छोडने तयारी भैरहेको स्रोतले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार