Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • यस्तो छ कार्तिक आर्यन अभिनीत ‘शेहजादा’ को ट्रेलर (भिडिओ)

    यस्तो छ कार्तिक आर्यन अभिनीत ‘शेहजादा’ को ट्रेलर (भिडिओ)

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यनको आगामी फिल्म ुशेहजादाु को ट्रेलर सार्वजनिक भएको छ।

    सार्वजनिक ट्रेलरमा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ।



    यो फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन्। भुषण कुमार, कृष्ण कुमार, एस राधा कृष्ण र अमन गिलको लगानी रहेको फिल्ममा कार्तिकसँगै कृति सेनन, मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकरलगायत कलाकारको अभिनय छ।

    फिल्मको कथा त्रिविक्रम श्रीनिभासले तयार पारेका हुन्। यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। ‘अला वैकुन्ठपुरमेलो’ बक्स अफिसमा हिट सावित भएको थियो। यो फिल्म फ्रेबुअरी १० देखि प्रदर्शन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार