Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नेपालको राजनीति छिनछिनमा बदलिइरहेको छ : महामन्त्री थापा

    नेपालको राजनीति छिनछिनमा बदलिइरहेको छ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 507
    SHARES

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएको आरोप लगाएका छन् ।

    रामकृष्ण भण्डारीले लेखेको ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली’ पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।



    उनले राजनीतिको नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताए। सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो ।



    उनले भने, ‘नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयो । आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयो ।

    सोमबार अर्को भूतपूर्वले अर्कोलाई । मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्यो भन्ने मात्रै देखिन्छ।’

    पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेको र नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ छ ।

    मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेको भन्दै थापाले भने, ‘कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन ।’

    राजनीति सत्ताका लागि हो भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागि उचालेको तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीको आड लिएको उनको टिप्पणी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार