Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गगन थापा भन्छन् – विमान दुर्घटनाले मनलाई भित्रैबाट हल्लायो, दीर्घकालीन समाधान खोज्नैपर्छ

    गगन थापा भन्छन् – विमान दुर्घटनाले मनलाई भित्रैबाट हल्लायो, दीर्घकालीन समाधान खोज्नैपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 972
    SHARES

    काठमाडौं । नेपालीका कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक यातायात सुरक्षाको विषयको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।

    सांसदसमेत रहेका महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार भएको पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यस्तो बताएका हुन् ।



    यस पटकको कहाली लाग्दो विमान दुर्घटनाले मनलाई भित्रैबाट हल्लाएको भन्दै उनले हवाई र सडक यातायातलाई सुधार्न आफू दृढ भएर लाग्ने बताए ।



    ‘यस पटकको कहाली लाग्दो दुर्घटनाले मनलाई भित्रैबाट हल्लाएको छ। दृढ सङ्कल्पित छु, यो विषयको दीर्घकालीन समाधान नखोजी यत्तिकै सेलाउने नियति दोहोरिन दिनुहुन्न । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणको बारेमा सांसदका रूपमा गर्नु पर्ने काममा निरन्तर लागि रहने छु,’ उनले फेसबुकमा लेखेका छन् ।

    साथै उनले यस्ता दुर्घटनाको अंशियार आफूसहित नियामक र नीति निर्माण तहमा रहेकाहरू रहेकोसमेत बताएका छन् । उनले भने ‘नेपालमा हवाई दुर्घटना, सडक दुर्घटनाहरू हाम्रो नियतिजस्तै भैसकेका छन् । हरेकपटक दुर्घटना भएको केही दिनसम्म त्यसबारे चर्चा र चिन्ता हुन्छ, छानबिन समिति पनि बन्छ तर कार्यान्वयन हुँदैन । केही समयपछि हामी घटनालाई बिर्सिन्छौँ । कार्यान्वयन तहदेखि, नियामक र नीति निर्माण तहसम्म कहीँ न कहीँ हामी यो प्रवृत्तिको अंशियार भएका छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार