Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पदभार ग्रहण गर्दै स्वास्थ्य राज्यमन्त्री कार्कीले भनिन् – पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं

    पदभार ग्रहण गर्दै स्वास्थ्य राज्यमन्त्री कार्कीले भनिन् – पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 552
    SHARES

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् ।

    मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् ।



    उनले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने पनि बताएकी छन् । राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् ।



    जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् ।

    आँखाको उपचारलाई समुदायस्तरसम्म विस्तार गर्दै आँखा स्वास्थ्य सेवामा कोही पनि नछुटुन भन्ने उदेश्य यो रणनीतिको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार