Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कमल थापा भन्छन् – प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी छ

    कमल थापा भन्छन् – प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी छ

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 816
    SHARES

    मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएको बताएका छन् ।

    मंगलबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले सो कुरा बताएका हुन् । उनले प्रजातान्त्रिक शक्ति निर्माणको यात्रा रोकिने नभई अबिछिन्न रहने बताए ।



    म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै थापाले आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।



    ‘देशमा एउटा बलियो राष्ट्रबादी, लोकतान्त्रिक र सम्बर्द्धनवादी शक्ति निर्माण गर्ने अभियानमा निरन्तर लागेको छु । यात्राक्रममा कहिले सत्तामा पुगेँ, कहिले सडकमा, कहिले फुलमाला र ताली पाएँ, कहिले गाली, म्याराथन दौडको खेलाडीको मुल्यांकन दौडको अन्तमा हुन्छ । हाम्रो यात्रा जारी,’ अध्यक्ष थापाले भने ।

    आम निर्वाचनमा ठूलो अपेक्षा नभएपनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरतापूर्वक लिएको उनको भनाई छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार