Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सभामुखका लागि एमालेका घिमिरेको उम्मेदवारी दर्ता

    सभामुखका लागि एमालेका घिमिरेको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 459
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्। बुधबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्।

    घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।



    एमालेले आज बिहानमात्रै एमालेले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ।



    झापा-२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।

    सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति रहेको छ । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।

    सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार