Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता

    उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 633
    SHARES

    काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले भेट गरेका छन् ।

    बुधबार दिउँसो सिंहदरबारस्थित लिङ्देनकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरूले भेट गरेका हुन् ।



    गैरआवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहे पनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ ।



    आफूहरूको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरूसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार