Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

    लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 426
    SHARES

    दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार सभामुख तुलाराम घर्ती मगरलाई पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन् ।



    उनलाई प्रदेश सभा नियमावली २०७९ बमोजिम प्रदेश प्रमुख शेरचनले शपथ ग्रहण गराए । यस्तै आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई पनि शपथ ग्रहण गराएका छन् ।



    मंगलबार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार