Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ८६ वटा सवारी चालक अनुमतिपत्र निलम्बन गर्न ट्राफिकले पठायो यातायात विभाग

    ८६ वटा सवारी चालक अनुमतिपत्र निलम्बन गर्न ट्राफिकले पठायो यातायात विभाग

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 501
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि पठाएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो ।



    निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एकजना २९ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ ।



    ट्राफिक नियम उल्लघंन गरीरहने चालकहरूबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार