Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • प्रकाश ज्वालाले भने – माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ

    प्रकाश ज्वालाले भने – माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 759
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले महिला भएका कारण पनि सभामुखमा इश्वरीदेवी न्यौपानेलाई विजयी बनाउनुपर्ने बताएका छन्।

    उनले नेपाली कांग्रेसका सांसद् इश्वरी देवी न्यौपानेलाई सभामुखमा मत दिन आग्रह गरेका हुन्।



    ज्वालाले भने, ‘न्यौपाने जी योग्य र सक्षम हुनुहुन्छ। अनुभवी पनि हुनुहुन्छ। संविधान सभामा कृयाशील रहेर बस्नुभयो। त्यो कुर्सीमा बस्ने व्यक्ति सदन बुझेको पनि हुनुपर्छ।’

    उनले आग्रह पुर्वाग्रहबाट मुक्त हुने हो भने प्रधानमन्त्रीको पार्टीले गुन तिर्ला भन्ने आशा रहेको बताए। सदनलाई गरिमामय बनाउन पनि न्यौपानेलाई जिताउनुपर्ने उनको भनाइ छ।

    ५१ प्रतिशत जनमतको प्रतिनिधित्व गर्ने महिला नेतृलाई जिताउन आवश्यक रहेको ज्वालाको भनाइ छ। सभामुख रेफ्री मात्रै नभइ सदनको नेता पनि रहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार