Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : टोटनहमविरुद्ध सिटीको शानदार जित

    इंग्लिस प्रिमियर लिग : टोटनहमविरुद्ध सिटीको शानदार जित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 618
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपुरलाई पराजित गरेको छ । आज बिहान सकिएको खेलमा सिटीले टोटेनहमलाई ४–२ गोलले पराजित गरेको हो ।

    पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अङ्क जोडेको हो । म्यानचेस्टर सिटीको जितमा जुलियन अलभारेज, एर्लिङ हाल्यान्डले एकएक र रियाद महरेजले दुई गोल गरे ।



    टोटेनहम तर्फबाट डेजन कुलासेभाकी र इमर्सन रोयलले गोल गरे । जितसँगै सिटीको १९ खेलमा ४२ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।



    २० खेल खेलेको टोटेनहम ३३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४७ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार