Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • भीम रावलले भने – एमालेमै क्रियाशील हुन्छु, रोक्न खोजे आफ्नो बाटो खोज्छु

    भीम रावलले भने – एमालेमै क्रियाशील हुन्छु, रोक्न खोजे आफ्नो बाटो खोज्छु

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 552
    SHARES

    अछाम। नेकपा एमालेका नेता डा.भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृहजिल्ला अछाम पुगेका नेता रावलले यस्तो बताएका हुन् ।

    नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे । तर, जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने उनले बताए ।



    पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए ।



    नेता रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ ।’

    रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताए । आफूले जहिले पनि राष्ट्रको हितमा आवाज उठाएको बताउँदैरावलले देशभक्तिपूर्ण आवाजमा देशभरकानागरिकको साथ रहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार