Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगे स्वास्थ्यमन्त्री गिरी

    वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगे स्वास्थ्यमन्त्री गिरी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

    मन्त्री गिरीले आज अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका हुन् ।



    उनले वर्षमानकाे स्वास्थ्यलाभकाे कामना पनि गरेका छन्।



    वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन् । उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्।

    उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८० प्रतिशत भाग बिग्रिसकेकोले प्रत्यारोपण गर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार