Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • देउवा सरकारले छिमेक सम्बन्ध तनावपूर्ण बनायो : केपी ओली

    देउवा सरकारले छिमेक सम्बन्ध तनावपूर्ण बनायो : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 492
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको बताएका छन् ।

    एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने, ‘छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ।’



    राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको उनको आरोप छ ।

    नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुुकुल बाह्य सम्बन्ध अगाडि बढाउने उनले बताए । अध्यक्ष ओलीले एक देशसँग नजिक हुन अर्को देशसँगको सम्बन्धमा कृत्रिम रुपमा तनाव बढाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार