Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आयातमा नगद एलसी मार्जिनको व्यवस्था हटाउने निर्णयको नाडाद्वारा स्वागत

    आयातमा नगद एलसी मार्जिनको व्यवस्था हटाउने निर्णयको नाडाद्वारा स्वागत

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एल.सि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाउने निर्णयको स्वागत गरेको छ ।

    नेपाल राष्ट्र बैँकले १३ महिना अघि लागु गरेको सवारी साधन आयातमा एलसि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने तथा नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएको प्रतिवन्ध पनि केही समय अघि फुकुवा गर्ने निर्णय गरेको थियो ।



    उक्त निर्णयको नाडाले स्वागत गरेको हो । राष्ट्र बैंकको हालको यो निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा सकारात्मक प्रभाव पार्ने देखिएकोसमेत बताइएको छ ।



    तथापि, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने माग नाडाले यथावत् राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार