Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उद्योगमन्त्री दामोदर र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    उद्योगमन्त्री दामोदर र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

    मन्त्री दामोदरलाई भेट्न राजदूत श्रीवास्तव मन्त्रालयमै पुगेका हुन् ।



    भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए ।



    उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए ।

    त्यस्तै राजदूत श्रीवास्तवले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै दुई देशबीच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार