Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री गिरीको ‘स्टन्ट’बाजी, सुरुमै राज्यमन्त्रीसँग मतभेद

    स्वास्थ्यमन्त्री गिरीको ‘स्टन्ट’बाजी, सुरुमै राज्यमन्त्रीसँग मतभेद

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्की गत बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्न सँगै पुगेँ । अस्पतालमा ल्याब उद्घाटन गर्न मन्त्री गरी र राज्यमन्त्री कार्कीसँगै पुगेपछि त्यहाँ उपस्थित कतिपय व्यक्तिहरु अचम्मित भए ।

    यति मात्रै नभएर र ल्याब उद्घाटनको क्रममा फरक दृश्यसमेत देखिएको थियो । स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री कार्कीले अलग अलग रिवन काटे । यस्तो दृश्यले मन्त्री गिरी पनि ‘स्टन्ट’बाजीमा गर्न थालेको कतिपयको बुझाईछ ।



    वरीयताका हिसाबले स्वास्थ्यमन्त्री राज्यमन्त्रीभन्दा सिनियर हो र उसैले रिबन काटेर ल्याबको उद्घाटन गर्नुपथ्र्यौँ । तर, बिहीबार ल्याब उद्घाटनको रिबन मन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री कार्कीले एकैसाथ तल, माथि गरेर रिबन काटेर उद्घाटन गरे । एकैपटक मन्त्री र राज्यमन्त्रीले दुई वटा रिबन काटेर ल्याब उद्घाटन गरेपछि अहिले उनीहरु विवादित बनेका छन् ।



    मन्त्रीहरुलाई कामभन्दा पनि रिबन काट्ने मोह जागेको भन्दै सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ । हुन त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका मन्त्री केवल ‘स्टन्ट’ बाजी मात्रै देखिएको आरोप लाग्दै आएको छ । त्यसमा स्वास्थ्यमन्त्री गिरी ‘स्टन्ट’बाजी कुनै नौलो कुरा भएन् । उनी पनि अन्य मन्त्री जस्तै काम केवल हल्ला चलाउने र स्टन्ट गर्नेमा सीमित देखिएका छन् ।

    त्यसमा पनि मन्त्री गिरी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीलाई बदनाम गराउने पक्षमा समेत लागेको स्रोत बताउँछ । उनीहरुबीच मतभेद समेत शुरु हुन थालेको बताइएको छ । मन्त्री गिरीले आफू अनुकुल निर्णय गर्ने र कर्मचारी पनि आफु अनुकुल चलाउन थालेपछि केही नयाँ गर्छु भन्ने उर्जाका साथ राज्यमन्त्री बनेकी कार्कीको योजनामा धक्का लाग्ने देखिएको छ ।

    अहिले नेकपा एमाले निकट कर्मचारी दिनहुँ जसो मन्त्रालयमा कार्कीको बारेमा मन्त्री गिरीलाई कुरा लगाउँदै गरेको बताइन्छ । जसरी हुन्छ कार्कीलाई असफल बनाउन मन्त्री गिरी तत्पर रहेको स्रोतले बतायो । मन्त्रालयमै कार्यरत कर्मचारीका अनुसार मन्त्री गिरी प्राबिधिक रुपमै कसरी हुन्छ कार्कीलाई पेन्डुलम बनाएर राख्ने भन्ने बिषयमा स्वास्थ्य क्षेत्र निकटका मान्छेहरुलाई बोलाउँदै सल्लाह लिने गरेका छन् ।

    त्यसो त अहिले स्वास्थ्य मन्त्रालय मन्त्री गिरीले भन्दा पनि हाल गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका खगराज अधिकारीका निकट मानिने युवा संघ उपाध्यक्ष रामजी सापकोटाले चलाउने गरेको आरोप छ ।

    मन्त्री गिरीको सचिवालय नै नबनिसकेको अवस्थालाई खेल्दै सापकोटाले मन्त्रालयका कर्मचारीलाई ‘म स्वकीय सचिव’ बन्ने कन्फर्म भईसकेको र नियुक्ति भएपछि सबैलाई देखाइदिने भन्दै डर देखाउन थालेको स्रोत बताउँछ ।

    बिभिन्न मेडिकल माफियाहरुसँग राम्रै सम्बन्ध रहेका सापकोटाले गोप्य रुपमा मन्त्रीलाई ति माफियासँग भेटाउने र कार्कीलाई असफल बनाउने योजनामा लागेको कुराको अहिले मन्त्रालयमा चर्चा हुने गरेको छ ।

    तर मन्त्री गिरी भने आफ्ना भाई लक्ष्मण गिरीलाई स्वकीय सचिव बनाउन चाहेको बुझिएको छ । यता सापकोटाको जिद्दीपनले मन्त्रीलाई काम गर्न नै सकस भइरहेको बताइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको माहोलबाट तर्सिएको एमालेले कार्कीले राम्रो काम गरेको खण्डमा आफ्नो मन्त्री छायाँमा पर्ने भन्दै एमालेले आफ्नो साइबर सेना समेत स्वास्थ मन्त्रालय केन्द्रित गरेको छ ।

    मन्त्री गिरी समेत सस्तो लोकप्रियताका लागि क्यान्टिनमा खाना खाएकोदेखि कोशी अस्पताल घटनाका पिडितका बाबुलाई फोन फोन सम्पर्क गरेको कुरा समेत टिकटकमा हाल्न भ्याएका छन् ।

    अझ अचम्मको कुरा त् के छ भने पिडितका बाबुलाई सम्पर्क गरेको भिडियो मन्त्रीकै कार्यकक्ष बनाईको भिडियो हो । यसबाट के प्रस्ट हुन्छ भने साइबर सेना हरसमय मन्त्रीकै कार्यकक्षमा बस्दो रहेछन् । सस्तो लोकप्रियता खोज्ने मन्त्री गिरीको सामाजिक संजाल स्टन्ट र राज्यमन्त्री डा. कार्कीको रोक्ने योजना कत्तिको सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

    यसर्थ रातारात गठबन्धन फेरेर प्रधानमन्त्री बनेका प्रचण्ड र त्यही स्वार्थमा मन्त्री बनिहालेका यतिबेलाका मन्त्रीहरू उपलब्धी देखाउने र एउटा पद्धति बसाल्नेभन्दा केवल मिडियाका हेडलाइन बन्नेमा मात्रै रहर गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार