Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • ओली लक्षित मेटमणिको कटाक्ष – पूर्वप्रधानमन्त्री नै संविधान च्यात्न ढुकेर बसेका छन्

    ओली लक्षित मेटमणिको कटाक्ष – पूर्वप्रधानमन्त्री नै संविधान च्यात्न ढुकेर बसेका छन्

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 948
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा पनि संविधान ध्वस्त पार्न सक्ने बताएका छन्।

    प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा सर्मथन गर्न रोष्टम पुगेका उनले ओली ‘बकुल्लाले माछा ढुके झै संविधान च्यात्न ढुकिरहेको’ दाबी गरेका हुन् ।



    ओलीप्रति लक्षित गर्दै उनले भने, ‘संविधान नजान्नेहरुले कोचिङ लिन जरुरी छ। प्रतिनिधि सभामा कोचिङ क्लासको व्यवस्था छैन होला तर आफ्नो तलब वा सेवा सुविधाबाट कटौती गरेर पठाउन आग्रह गर्दछु।’

    उनले संविधानको आफू अनुकूल ब्याख्या हुने भएकोले त्यसलाई रोक्न कोचिङ कक्षा चलाउन आग्रह गरे । त्यसका लागि संसदमा बजेटको व्यवस्था नभए आफ्नो सेवा सुविधाबाट कटौती गर्न आग्रह गरे ।

    उनले २०७२ को संविधानमा के के व्यवस्था छ त्यसबारेमा आफू अनुकूल संविधानको व्याख्या गर्नेलाई कोचिङ कक्षाको व्यवस्था गर्नुपर्ने अवस्था रहेको भन्दै कटाक्ष गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार