Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • डीआईजी सिंहद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण

    डीआईजी सिंहद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 1.4K
    SHARES

    धनगढी । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण गरेका छन्।

    बुधबार धनगढी पुगेर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका डीआईजी सिंहले आज प्रहरी कार्यालय कैलालीको निरीक्षण गरेका हुन् ।



    डीआईजी सिंहले प्रहरी संगठनको छवि उच्च बनाउन विभागिय दिएका छन्। उनले भौतिक पूर्वाधारहरुको स्तर, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरुबाट सम्पादित कार्यहरुको निरीक्षण गरेका थिए ।

    डीआईजी सिंहले सुरक्षा व्यवस्था गर्ने, सर्वसाधारणको गुनासो सुन्ने,अपराध अनुसन्धान तथा उजुरी छलफल प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई निर्देशन दिए ।

    उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रमुखहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार