Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • धरानका अवैध संरचना चल्यो डोजर, स्थानीयले गरे ढुंगामुढा

    धरानका अवैध संरचना चल्यो डोजर, स्थानीयले गरे ढुंगामुढा

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 894
    SHARES

    धरान । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको छ ।

    आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो।



    डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएका छन् ।



    धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।

    धरान-५ को खारखोला र अधेरी खोलाको संगम स्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो ।

    खोला किनार र सार्वजनिक जग्गामा नया घर निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्न उपमहानगरले अभियान चलाएको छ भने पुराना निर्माण भएका संरचनालाई व्यवस्थित गर्ने नीति लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार