Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • उद्योगमा जनमतको अडानपछि भण्डारी र अब्दुलको मन्त्रालय साटफेर हुँदै

    उद्योगमा जनमतको अडानपछि भण्डारी र अब्दुलको मन्त्रालय साटफेर हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरिएको छ ।

    जनमत पार्टीले रोजेको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेरको तयारी गरिएको हो ।



    जनमत पार्टीका मन्त्री अब्दुल खानले शपथ लिए पनि पदभार ग्रहण गरेका छैनन् ।



    उद्योग वा कृषि मन्त्रालयमध्ये एउटा पाउनुपर्ने अडान लिँदै जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले खानेपानीमन्त्रीको कार्यभार सम्हालेका छैनन् ।

    जनमतको अडानपछि सत्तारुढ दलका शीर्षनेताको बैठकले एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरेको स्रोतले बताएको छ ।

    सातदलीय गठबन्धनको शीर्ष नेतृत्वमा भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले बतायो । सकेसम्म आइतबार साँझै वा सोमबार बिहानसम्म मन्त्रालय साटफेर हुने बताइएको छ ।

    जनमतको असन्तुष्टिका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रभाव पर्ने सम्भावनाका कारण मन्त्रालय साटफेरको तयारी गरिएको जनाईएको छ ।

    भण्डारी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने शपथ लिएपनि पदभार ग्रहण गरेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार