Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भीम रावलमाथि कारबाही गर्न माग, पार्टीलाई चुनाव हराउन भूमिका खेलेको आरोप

    भीम रावलमाथि कारबाही गर्न माग, पार्टीलाई चुनाव हराउन भूमिका खेलेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 651
    SHARES

    कैलाली । नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग गरिएको छ ।

    राष्ट्रिय युवा सङ्घ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् ।



    आइतबार धनगढीमा भएको राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बोल्दै बिसीले नेता रावलकै कारण अछाममा सङ्गठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् ।



    बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरूमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार