Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • हालान्डको ह्याट्रिकमा सिटीको सहज जित

    हालान्डको ह्याट्रिकमा सिटीको सहज जित

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 768
    SHARES

    एजेन्सी । इर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि सहज जित निकालेको छ ।

    आइतबार राति भएको खेलमा सिटीले उल्भ्समाथि ३–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई सहज जित दिलाउन हालान्डले ह्याट्रिक पूरा गरे ।



    जितसँगै सिटी २० खेलमा १४ जित तीन बराबरी र तीन हारको नतिजासहित ४५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।



    पराजित उल्भ्स १७ अंकसहित तालिकाको १७औं स्थानमा छ । शिर्ष स्थानमा ४८ अंकसहित आर्सनल रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार