Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • क्यालिफोर्निया गोलीकाण्ड : आक्रमणकारीले आफैंलाई गोली हाने

    क्यालिफोर्निया गोलीकाण्ड : आक्रमणकारीले आफैंलाई गोली हाने

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 420
    SHARES

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गोली चलाउने व्यक्तिले आफैँलाई गोली हानेका छन्। बन्दुकधारीको नाम हु चान ट्रान हाे। उनी ७२ वर्षका थिए।

    सुरक्षाकर्मीले चौतर्फी रुपमा घेरेपछि आफैंलाई गोली प्रहार गरेका हुन्।



    हु चानले किन गाेली चलाए यसबारेमा भने प्रहरीले केही पत्ता लगाउन सकेको छैन। यस घटनामा अन्य कुनै संदिग्ध नरहेको प्रहरीले जनाएको छ।



    आइतबार भएको अन्धाधुन्ध गोली प्रहारमा १० जनाको मृत्यु भएको थियो। उक्त घटना लस एन्जलसभन्दा करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा भएको थियो।

    जहाँ चिनियाँ नयाँ वर्षको समारोहको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा हजारौं मानिस भेला भएका थिए। घटनालगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाको सत्य तथ्य जाँच गर्न निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार