Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

    राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

    निर्वाचन समयमै हुनुपर्छ : प्रवक्ता महत

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 657
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

    निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए । कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ ।



    प्रवक्ता महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’



    आलटाल गरेर पछाडि धकेल्न नहुने कांग्रेसको जोड छ । संसदमा रहेको सबै दलहरूसँग कांग्रेसका राष्ट्रपतिको निर्वाचनको लागि समर्थन माग्ने बताए । नेता शशांक कोइरालाले पनि राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार