Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • राष्ट्रपतिको निर्वाचन फागुनभित्र गर्न कांग्रेसको माग

    राष्ट्रपतिको निर्वाचन फागुनभित्र गर्न कांग्रेसको माग

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 438
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फागुनभित्रै राष्ट्रपति निर्वाचन गराउन माग गरेको छ ।

    नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको बैठकले चुनाव सारेर कामचलाउ राष्ट्रपतिले काम गर्ने अवस्था निर्माण नगर्न ध्यानाकर्षण गराएको हो ।



    कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिदै समयमै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।



    प्रवक्ता महतले कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि कानुनी समस्या भए तत्काल बाधा अड्चन हटाएर फागुन मसान्तभित्र अनिवार्य राष्ट्रपति चुनाव गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानकर्षण गराउने निर्णय गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार