Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • फिल्म ‘जीवनसाथी’ शुक्रबार रिलिज हुने

    फिल्म ‘जीवनसाथी’ शुक्रबार रिलिज हुने

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 711
    SHARES

    काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ ।

    निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मलाई माघ १३ गते रिलिज गर्ने जानकारी दिएका हुन् ।



    दीपक तामाङ लामा निर्देशित फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिशन बस्नेत, सानिया खानलगायतको अभिनय छ।



    प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज र सिन्का फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको हो।

    भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्मको मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार