Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कमाउधन्दामा उद्योग विभागका डीजी तिवारी, साथ दिने कर्मचारी को–को ?

    कमाउधन्दामा उद्योग विभागका डीजी तिवारी, साथ दिने कर्मचारी को–को ?

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 2.2K
    SHARES

    काठमाडौं। पछिल्लो समय उद्योग विभाग आर्थिक चलखेल गर्ने अड्डाको रुपमा परिणत हुन थालेको छ । बिभागका महानिर्देशक रामचन्द्र तिवारीको कमाउ अभियानले गर्दा उद्योगी ब्यापारीसमेत आजित भएका छन् ।

    तिवारीलाई अनुमति शाखाका निर्देशक घनश्याम उपाध्याय, शाखा अधिकृत बिश्वबन्धु रेग्मी र यज्ञराज अर्यालले भरपूर साथ दिएका छन् ।



    पछिल्लो समय तत्कालीन मन्त्री दिलेन्द्रप्रसाद बडुको कृपामा विभाग पुगेका दार्चुलाकै उपसचिव शंकर धामीको ब्यवहार पनि उद्योगमैत्री नभएको गुनासो छ । विदेशी लगानी शाखाकै निर्देशकका रुपमा कार्यरत धामीलाई शाखा अधिकृत लीलाराज काफ्ले र पवन गुप्ताले पनि साथ दिंदैआएका छन् ।



    धामी यस्ता पात्र हुन्, शाखा अधिकृतमा उद्योग विभागमै थिए । त्यतिबेला पनि उनी विवादमा आएका थिए । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुँदा उनका कार्यशैलीको टिकाटिप्पणी हुने गरेको थियो । धामी रहेसम्म विदेशी लगानी त के उद्योगीहरु विभागमा समेत टेक्न नपरे हुन्थ्यो जस्तो ब्यवहार गर्न थालेका छन् ।

    स्कीम बनाउनेदेखि आइईको रिपोर्ट बनाउनेसम्मको काम गर्दैआएका र सबै शाखाको कामको बिचौलियाको भूमिका निर्वाह गर्न सफल हुँदैआएका शाखा अधिकृत लीलाराज काफ्ले उद्योग मन्त्रालयमा हुँदा पनि विवादित पात्रका रुपमा चिनिन्थे ।

    माओवादी निकट मानिने काफ्ले अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय माओवादीको भागमा परेपछि विभागका कर्मचारीहरुलाई हाम्रो पार्टीको मन्त्री भयो, अब आफूले चाहेको डीजी र डाइरेक्टर ल्याइन्छ, आफू बिरोधीलाई हटाइन्छ भन्दै फुर्ति लगाउँदै हिंड्ने गरेका छनु् । जनकपुर चुरोट कारखानाका नाममा रहेको गाडी सुविधा समेत उनले अहिलेसम्म प्रयोग गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार