Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

    कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।

    सचिवालयले संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो ।



    यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै आलोचना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार