Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • काठमाडौंका नगरप्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न पुनः म्याद थप

    काठमाडौंका नगरप्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न पुनः म्याद थप

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन गर्न फेरि एक हप्ताको म्याद थप गरिएको छ ।

    महिला नगरप्रहरी हवल्दारलाई सुत्केरी बिदा नदिएको तथा दुर्व्यवहार गरेको आरोप लागेका एसपी पाण्डेमाथि छानबिन गर्न महानगरको छानबिन समितिले म्याद थप गरेको हो ।



    गत पुस ८ गते महानगरले छानबिन गर्न समिति गठन गरेको थियो । अनुसन्धान नसकिएको भन्दै पहिलोपटक पुस २२ गते म्याद थप गरिएको थियो । सो म्याद अनुसार छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, छानबिनका लागि प्रयाप्त समय नपुगेको भन्दै पुनः म्याद थप गरिएको बताइएको छ ।



    पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथानाम गाली गर्दै ‘तैले मेरो बच्चा पाको होस् र ? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार