Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : पाँच खेलाडीसहित अफिसियल संलग्न

    नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : पाँच खेलाडीसहित अफिसियल संलग्न

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 1K
    SHARES

    काठमाडौं। नेपाल टी–२०लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलमलाई पक्राउ गरेको हो ।



    सीआईबीले गरेको प्रारम्भिक छानबिनबाट अन्सारी र आलमसहित ५ जना खेलाडी स्पष्ट फिक्सिङमा संलग्न रहेको खुलेको छ ।



    सीआईबी स्रोतका अनुसार फिक्सिङमा ५ जना अफिसियलको संलग्नता देखिएको छ । टी–२० लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक जतिन अहलुवालिया सहित ५ अफिसिलयको संलग्नता देखिएको सीआईबी स्रोतको दाबी छ ।

    स्पट फिक्सिङमा विदेशी खेलाडीहरूको पनि संलग्नता देखिएको छ । लिग सकिएको हुनाले विदेशी खेलाडीहरू अहिले नेपालमा छैनन् ।

    स्पट फिक्सिङबारे जानकारी गराउन केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन आयोजना गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार