Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौं महानगरपालिकाको टोलफ्री नम्बर बन्द

    काठमाडौं महानगरपालिकाको टोलफ्री नम्बर बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 453
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरको एउटा नम्बर बन्द भएको छ।

    जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ हाल बन्द भएको सूचना प्रविधि विभागका स्रोतले जानकारी दियो ।



    स्रोतका अनुसार हाल यस नम्बरको ब्यालेन्स सकिएको कारण बन्द भएको हो।



    महानगरका दुई वटा टोलफ्री नम्बर छन्। एउटा पुरानै ११८० नम्बर हो भने अर्को १६६००१०५५११ हो। नयाँ टोल फ्री नम्बरमा पैसा सकिएको कारण अहिले पुरानोमा सम्पर्क गर्न सकिनेछ।

    अहिले कल सेन्टरको नयाँ नम्बरमा फोन गर्दा ‘माफ गर्नुहोला अहिले यो सुविधा उपलब्ध छैन’ भनेको सुनिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार