Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु, भिनाजुविरुद्ध बलात्कारको मुद्दा

    कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु, भिनाजुविरुद्ध बलात्कारको मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 936
    SHARES

    धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु छोरा जन्माएको घटना सार्वजनिक भएको हो ।

    ती बालिकाले माघ ४ गते घरमै शिशु छोरा जन्माएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् ।



    प्रहरीले उनीहरूको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ताविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार गुप्ता ती बालिकाको भिनाजु नाता पर्ने व्यक्तिसमेत गरेको प्रहरीले जनाएको छ ।



    अहिले बलात्कारआरोपी गुप्ताको भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि बालिकाको उमेरका कारण भारतीय नागरिक गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार