Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल टी-२० लिग स्पट फिक्सिङ प्रकरण : आलम र अन्सारीविरुद्ध ५ दिनको म्याद थप

    नेपाल टी-२० लिग स्पट फिक्सिङ प्रकरण : आलम र अन्सारीविरुद्ध ५ दिनको म्याद थप

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 735
    SHARES

    काठमाडौं। म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएको हो ।



    नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।



    प्रारम्भिक अनुसन्धानबाट टी–२० लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ ।

    प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । सोमबार आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार