Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘स्पट फिक्सिङ’मा क्यानको संलग्नता देखिएन : सीआईबी

    ‘स्पट फिक्सिङ’मा क्यानको संलग्नता देखिएन : सीआईबी

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ (क्यान)को संलग्नता रहेको नदेखिएको बताएको छ ।

    सीआईबीले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश आचार्यले यस्तो बताएका हुन् । हालसम्म आयोजक क्यानको संलग्नता नभएको तर, अनुसन्धान जारी रहेको सीआईबीका एसएसपी आचार्यले बताए ।



    एसएसपी आचार्यले प्रारम्भिक अनुसन्धानमा क्यानका कुनै पनि पदाधिकारी फिक्सिङमा संग्लग्न भएको नदेखिएको बताए । सीआईबीले ४ नेपाली ६ विदेशीसहित १० जनालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।



    त्यसअनुसार पूर्व क्रिकेटर मेहबुब आलम र नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका अलराउण्डर मोहम्मद आदिल आलम छन् । फ्रेन्चाइज टिमका ६ मध्ये चारजना म्यानेजरकै संगलग्नता भेटिएको प्रहरीले बताएको छ ।

    सीआईबीले आफ्नो अनुसन्धानका क्रममा क्यानले आफ्नो साझेदार संस्थाको विश्वसनीयतामा ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ ।

    राष्ट्रिय क्रिकेट र राष्ट्रको छविमा समेत प्रभाव पार्नसक्ने महत्व बोकेको नेपाल टी–२० लिगको रणनीतिक तथा व्यपारिक साझेदार, फ्रेन्चाइज टिमहरुको आर्थिक श्रोत, विगतमा क्रिकेट संघसँगको आवद्धता, पारदर्शीता, जवाफदेयिता र उत्तरदायित्व वहन गर्नसक्ने क्षमताका विषयमा उचित ध्यान दिन नसकेको आरोप क्यानमाथि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार