Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : एक खेलमा ६ देखि १० लाखसम्मको अफर

    नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : एक खेलमा ६ देखि १० लाखसम्मको अफर

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 633
    SHARES

    काठमाडौं । नेपाल टी–२० क्रिकेट प्रक्रियागितामा ‘स्पट फिक्सिङ’का लागि ६ देखि लाख १० लाख सम्मको प्रलोभन दिइएको खुलेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार प्रतियोगितामा सहभागी एक बलर र एक ब्याटरलाई प्रति खेल ६ देखि ८ लाख रुपैयाँसम्म दिने प्रस्ताव गरेको पाइएको हो ।



    ब्युरोले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई जनाको संलग्नता देखिएको छ ।



    जसअनुसार प्रहरीले सोमबार पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए । अन्य तीन जना खेलाडीले भने प्रस्ताव नकारेको अनुसन्धानबाट खुलेको ब्युरोका एसएसी दिनेश आचार्यले जानकारी दिए ।

    उनका अनुसार एक खेलमा स्पट फिक्सिङ गर्दा प्रतिखेलाडी ६ देखि १० लाखसम्म प्रलोभन दिइएको थियो । प्रहरीले मेहबुब र खेलाडीबीचको अडियो कुराकानी नै फेला पारेको छ ।

    मेहबुबले प्रस्ताव गरेका दुई खेलाडीमध्ये एकजना मोहम्मद आदिल आलम थिए । अर्का खेलाडी को थिए भनेर प्रहरीले सार्वजनिक गरेको छैन ।

    नेपाल टी–२० लिगको फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए ।

    स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्नताको तथ्य भेटिएपछि प्रहरीले मेहबुबलाई सोमबार विराटनगरबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार