Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संसदमा विवाद भएपछि कुवेतमा मन्त्रिपरिषद्को राजीनामा

    संसदमा विवाद भएपछि कुवेतमा मन्त्रिपरिषद्को राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 537
    SHARES

    कुवेत सिटी । विपक्षी नेतृत्वसँग संसदमा विवाद भएपछि कुवेतमा सरकार ढलेको छ । संसदमा विवाद उत्पन्न भएपछि कुवेतको मन्त्रिपरिषद्ले राजीनामा दिएको हो ।

    प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेश गरेको सरकारी समाचार संस्था कुनाले जनाएको छ ।



    कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।



    सरकार गठन भएकाे चार महिनामै कुवेतमा सरकार ढलेकाे हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार