Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भरुवा बन्दुकसहित झापाबाट एकजना पक्राउ

    भरुवा बन्दुकसहित झापाबाट एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 480
    SHARES

    फाइल तस्विर

    झापा । प्रहरीले सामुदायिक वनबाट एक नाल भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

    झापाको अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी बस्ने १५ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



    वन उपभोक्ता समितिका पदाधिकारी र सशस्त्र प्रहरी बेस खुदुनाबारीबाट खटिएको संयुक्त टोलीले करिब १० जना युवाहरुको समूहलाई देखि नियन्त्रणमा लिन खोज्दा लोड अवस्थामा रहेको उक्त भरुवा बन्दुक छोडी भागेका थिए ।



    भागेकाहरुलाई खोजी गर्ने क्रममा ती किशोरलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार