Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आत्मदाह प्रयासअघि फेसबुकमा स्ट्याटस : जनताका मुद्दाहरुमा ध्यान दे सरकार !

    आत्मदाह प्रयासअघि फेसबुकमा स्ट्याटस : जनताका मुद्दाहरुमा ध्यान दे सरकार !

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 486
    SHARES

    काठमाडौं । सङ्घीय संसद् भवन अगाडि मङ्गलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

    इलाम पञ्चकन्याका घर भएका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैँलाई आयो लगाएका हुन् । उहाँलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उहाँको कीर्तिपुर अस्पतालमा उपचार भइराखेको छ।



    बानेश्वरमा आत्मदाह प्रयासअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटससहित आफ्नो परिवारको तस्बिर सार्वजनिकगरेका थिए । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै आफूलाई सबैतिरबाट लुट्ने काम मात्रै भएको र सम्पत्ति पनि सबै सकिएको कारण आत्महत्याको बाटो रोज्न लागेको उल्लेख गरेका छन् ।



    आफूलाई सबैतिरबाट लुटिएको र सम्पत्ति सकिएको भन्दै क(कसको कारण आफू बर्वाद भएँ भनेर उल्लेख गरेका छन् । आचार्यको फेसबुक स्टाटसमा नेपालमा नाम चलेका व्यापारिक घरनाहरुको नाम उल्लेख छ ।

    त्यसैगरी ग्रामिण क्षेत्रमै कृषि उद्योग खोलेपनि कषि अनुदान पाउन नसकिएको तर त्यहीँका वडाध्यक्ष र राजनीतिक कार्यकर्ताले मात्रै अनुदान पाएको गुनासो पनि उनले गरेका छन् । उनले स्टाटसमा ‘यो देश, यहाँका व्यापारीहरु सबै लुटेरा रहेको’ भन्दै सकेजति लुट्न भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार