Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सौन्दर्य प्रतियोगिताको नाममा यौन दुर्व्यवहारको आरोप लागेका पाण्डे दोषी ठहर

    सौन्दर्य प्रतियोगिताको नाममा यौन दुर्व्यवहारको आरोप लागेका पाण्डे दोषी ठहर

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 477
    SHARES

    काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बलात्कार गरेको अभियोग लागेका मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् ।

    जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन । तर बाल यौन दुब्र्यवहारमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने मुलुकी ऐनमा उल्लेख छ ।



    त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।



    जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो।

    एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार