Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राजनैतिक निर्णयको आधारमा रेशम रिहा हुँदैनन्, सर्वदलीय सहमति भएको छैन् : कानूनमन्त्री प्रधान

    राजनैतिक निर्णयको आधारमा रेशम रिहा हुँदैनन्, सर्वदलीय सहमति भएको छैन् : कानूनमन्त्री प्रधान

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 597
    SHARES

    रुपन्देही । कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहाको विषयमा सर्वदलीय सहमति नभएको बताएका छन् ।

    मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पश्चिम नवलपरासी आएका मन्त्री प्रधानले परासीमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।



    उनले जेलमा रहेका चौधरी राजनैतिक निर्णयको आधारमा रिहा नहुने स्पष्ट पारे । नेता चौधरीको मुद्दा कानूनअनुसार नै टुंगिनु पर्नेमा उनको जोड छ ।



    मन्त्री प्रधानले थुनामा रहेका सबैको हकमा एकै प्रकारको व्यवहार हुनुपर्ने विषयमा राजनैतिक दलहरु एकमत रहेकाले अन्यथा विश्लेषण गर्न नहुने बताए । तर यता सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका चौधरी रिहाई गरिनु पर्ने अडान लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार