Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • फुटबल मैदानमा हेलिकोप्टर उतार्ने पाइलट निलम्बित

    फुटबल मैदानमा हेलिकोप्टर उतार्ने पाइलट निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 552
    SHARES

    काठमाडौं । स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको छ ।

    माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको हो ।



    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए ।



    अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने प्रवक्ता निरौलाले जानकारी दिए ।

    डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए र आजैमात्र पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार