Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

    आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छिन् ।

    राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि उनले आत्मदाहको प्रयास गरेका थिए ।



    उनलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. कार्की अस्पताल पुगेकी हुन् । राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिएकी छिन् ।



    उनले भने, ‘‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’’

    अस्पतालका चिकित्सक डा. सुरेन्द्र जङ्ग बस्नेतले उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उहाँको अवस्था चिन्ताजनक रहेको बताए । आचार्यलाई त्यहाँको बर्न अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार